नअटेरै हो कि माया आँखाबाट
पोखिएको!
नचाहेरै
हो कि यात्रा दोबाटोमा रोकिएको!!
,
आकाशमा बादल रुन्छ म धर्तीमा एक्लै
रुन्छु,
रुनैथ्यो त प्रेमी नजर किन
यता ठोकिएको!!
,
हत्केलामा ठेला देख्छु निधार
मरुभूमि लाग्छ,
साथ्मा भए देख्ने थिएँ का छ भाग्य
छोपिएको!!
,
छातीभरी बैश
फुल्दा हृदयमा तिमी बस्यौ,
सार्थक हुन्थ्यो जिन्दगानी पाएदेखि
रोजिएको
Thursday, January 7, 2016
Sunday, January 3, 2016
कविता
Saturday, September 12, 2015
सराएँ( तरवार नाच)
दुर्गा पुजाको समप्ती पछि फुलपाती को बिसर्जन सङ्गै, कसरी सत्य माथी असत्यको बिजय भयो भनी प्रदर्सन गरिने तरवार नाच।
(तान्सिङल,पाल्पा)
Saturday, August 23, 2014
मन
गुरासे को लेख तिर गोरु हेर्न जादा
मीठो हुन्थ्यो ऐसेलु र काफल खोजी खादा
बतासेको जुरे काफल मसिना को धुरी
कोइरो सगै पानी पर्थ्यो चल्थ्यो हाबा हुरि।
मीठो हुन्थ्यो ऐसेलु र काफल खोजी खादा
बतासेको जुरे काफल मसिना को धुरी
कोइरो सगै पानी पर्थ्यो चल्थ्यो हाबा हुरि।
Tuesday, August 5, 2014
Friday, August 1, 2014
जुवाडेको कथा ....
बिहानै ८ बजे प्रहरीले तास खेल्ने र हेर्नेलाई पुलिस चौकिमा लगेको थियो । लाने र जानेहरु अब के गर्ने अन्यौलमा थिए । जाने मध्ये एकले घरमा फोन गरयो सधै पुलिसले समाएर लगोस भन्थ्यौ हैन आज त समायो ,म त चौकिमा छु । भात लिएर आउनु पर्ला जस्तो छ । बुढी ठिक्क परयो एक महिना थुने हुन्छ , म त हिडे माईत । उसले अर्काे साथीलाई फोन गरि मेरो बुढालाई पुलिसले समायो रे तिम्रो बुढालाई नि ? भात पस्कदै उसले बुढालाई सोधि साथीहरु त चौकिमा छन् रे तपाई त यही ? उ भात नखाई जुरुक्क उठेर हिडयो । चौकिमा पुग्दा चौकीमा असईले सोध्यो भात खाएर आईस कि क्या हो अघि भाग्ने तिमी नै होईन ? हो सर भात खान मनै लागेन । कि यिनीहरुलाई छोड्नु परयो कि मलाई पनि भित्र हाल्नु परयो सर । हेर साथीहरुको माया ……..झोलामा के लिएर आईस त ? दालमोठ , चिउरा चाउचाउ र तिन बुक तास अनि हजुरलाई एक फुल भोडका । के गर्ने सर हाम्रो त टिम नै नपुग्ने भो !!!
मुक्तक (तिमी)
तिम्रो मायाँ मुटु भित्र अंगालेर बसेको छु,
जेजे दियौ तिम्रै लागि संहालेर बसेको छु,
इसाराको भरले तिमिलाई हाँसो खुसी दिई,
तिम्रा भित्रि पीडा पगालेर बसेको छु
जेजे दियौ तिम्रै लागि संहालेर बसेको छु,
इसाराको भरले तिमिलाई हाँसो खुसी दिई,
तिम्रा भित्रि पीडा पगालेर बसेको छु
Wednesday, July 30, 2014
Monday, July 28, 2014
कविता
म हकीकतको कुरा गर्छु, सपनामा भुल्छौ किन ?
माया यता लगाएर, अर्कै सङ्ग डुल्छौ किन ?
आफ्नो दिलमा बास दिए, यही भुल भयो मेरो
मलजल गर्छु माली भै, तर अन्तै फुल्छौ किन ?
या त यता माया गर, या त उता अर्कै सङ्ग
दुबै तीर मस्किएर, हास्दै-हास्दै घुल्छौ किन ?
पिरतिका मीठा मीठा, कुरा गर्न आऊ भन्दा
बचनको तीर बनाई, यो मुटुमा हुल्छौ किन ?
जवानानी खराब छ, आफ्नो ध्यान आफै राख
तिमी अचेल पराई सङ्ग, नडराई खुल्छौ किन ?
गजल
त्यो धड्कनले आवाज दिए,यो मुटुले सुन्थेँ होला !!
भेट्दा खेरी एकान्तमा, अंगालेर रुन्थें होला !!
हजारौको भिडमा पनि, खोजि खोजि हिंडीरहेँ !
जिन्दगीको सहयात्री, तिमीलाई नै चुन्थें होला !!
सपनीमा मात्र आउँछौ, हरेक रात्रि विफल गरि !
बिपनिमै आइदेउन, यो मन् खुसी हुन्थेँ होला !!
कि? डराउँछौ मेरो सामु, आउँन तिमि मेरी सानु !
दुनियामा कुरा काट्ने, सवैको मुख् थुन्थें होला !!
सम्झाना नै मिठो भयो, कहाँ छौ त मेरी सानु !
तिम्लाई खु:शी पार्न सधैँ, वरि परि हुन्थेँ होला !!
Sunday, July 27, 2014
स्वार्थी माया!!!
गाउ हैन प्रिय स्वार्थी शहर हुन्छ !!
बिस्वास नगर्नु पापी नजर हुन्छ !!
खुशीछौ रे गाउ छोडी शहर जादा !!
त्यहाँ मात्र पैसाको सरोबर हुन्छ !!
~कसैले कसै को दुख बुज्दैन हेर !!
अन्योलताको एक्लो सफर हुन्छ !!
हजारौ कोस टाढा भै मलाई छोडी !!
तिमी जहाँ जाउ माया अमर हुन्छ !!
महल भन्दा फरक नसम्झा है त्यो !!
झुपडी पनि गरीब बस्ने घर हुन्छ !!
बिस्वास नगर्नु पापी नजर हुन्छ !!
खुशीछौ रे गाउ छोडी शहर जादा !!
त्यहाँ मात्र पैसाको सरोबर हुन्छ !!
~कसैले कसै को दुख बुज्दैन हेर !!
अन्योलताको एक्लो सफर हुन्छ !!
हजारौ कोस टाढा भै मलाई छोडी !!
तिमी जहाँ जाउ माया अमर हुन्छ !!
महल भन्दा फरक नसम्झा है त्यो !!
झुपडी पनि गरीब बस्ने घर हुन्छ !!
एक गजल
खुशी होलि परि आज,रमाउदै पराइ सगै ॥
डुली होली परि हात,समाउदै पराइ सगै॥
किन हेर्थी फर्किएर,आफ्नो स्वार्थ गरि पूरा ॥
दुखाइ मन उता खुशी,थमाउदै पराइ सगै॥
जिन्दगीका हरेक पाटा,अधेरी मा ढालेकि छ ॥
उज्यालो ती ज्योति,घमाउदै पराइ सगै॥
घुम्दै हुन्छे कता कति,बिजौनी कडा बनेर॥
खुशी उत प्रेमको बाँस,जमाउदै पराइ सगै॥
डुली होली परि हात,समाउदै पराइ सगै॥
किन हेर्थी फर्किएर,आफ्नो स्वार्थ गरि पूरा ॥
दुखाइ मन उता खुशी,थमाउदै पराइ सगै॥
जिन्दगीका हरेक पाटा,अधेरी मा ढालेकि छ ॥
उज्यालो ती ज्योति,घमाउदै पराइ सगै॥
घुम्दै हुन्छे कता कति,बिजौनी कडा बनेर॥
खुशी उत प्रेमको बाँस,जमाउदै पराइ सगै॥
abaut my village
Tansingal is a very nice village located on lap of delunga.
Here we can see mountain and so many nice places. Specially
here we can find cool weather in all 12 month. you can visit
there any time as your choice.
Here we can see mountain and so many nice places. Specially
here we can find cool weather in all 12 month. you can visit
there any time as your choice.
Subscribe to:
Posts (Atom)


