गुरासे को लेख तिर गोरु हेर्न जादा
मीठो हुन्थ्यो ऐसेलु र काफल खोजी खादा
बतासेको जुरे काफल मसिना को धुरी
कोइरो सगै पानी पर्थ्यो चल्थ्यो हाबा हुरि।
Saturday, August 23, 2014
Tuesday, August 5, 2014
Friday, August 1, 2014
जुवाडेको कथा ....
बिहानै ८ बजे प्रहरीले तास खेल्ने र हेर्नेलाई पुलिस चौकिमा लगेको थियो । लाने र जानेहरु अब के गर्ने अन्यौलमा थिए । जाने मध्ये एकले घरमा फोन गरयो सधै पुलिसले समाएर लगोस भन्थ्यौ हैन आज त समायो ,म त चौकिमा छु । भात लिएर आउनु पर्ला जस्तो छ । बुढी ठिक्क परयो एक महिना थुने हुन्छ , म त हिडे माईत । उसले अर्काे साथीलाई फोन गरि मेरो बुढालाई पुलिसले समायो रे तिम्रो बुढालाई नि ? भात पस्कदै उसले बुढालाई सोधि साथीहरु त चौकिमा छन् रे तपाई त यही ? उ भात नखाई जुरुक्क उठेर हिडयो । चौकिमा पुग्दा चौकीमा असईले सोध्यो भात खाएर आईस कि क्या हो अघि भाग्ने तिमी नै होईन ? हो सर भात खान मनै लागेन । कि यिनीहरुलाई छोड्नु परयो कि मलाई पनि भित्र हाल्नु परयो सर । हेर साथीहरुको माया ……..झोलामा के लिएर आईस त ? दालमोठ , चिउरा चाउचाउ र तिन बुक तास अनि हजुरलाई एक फुल भोडका । के गर्ने सर हाम्रो त टिम नै नपुग्ने भो !!!
मुक्तक (तिमी)
तिम्रो मायाँ मुटु भित्र अंगालेर बसेको छु,
जेजे दियौ तिम्रै लागि संहालेर बसेको छु,
इसाराको भरले तिमिलाई हाँसो खुसी दिई,
तिम्रा भित्रि पीडा पगालेर बसेको छु
जेजे दियौ तिम्रै लागि संहालेर बसेको छु,
इसाराको भरले तिमिलाई हाँसो खुसी दिई,
तिम्रा भित्रि पीडा पगालेर बसेको छु
Subscribe to:
Posts (Atom)