गजल
त्यो धड्कनले आवाज दिए,यो मुटुले सुन्थेँ होला !!
भेट्दा खेरी एकान्तमा, अंगालेर रुन्थें होला !!
हजारौको भिडमा पनि, खोजि खोजि हिंडीरहेँ !
जिन्दगीको सहयात्री, तिमीलाई नै चुन्थें होला !!
सपनीमा मात्र आउँछौ, हरेक रात्रि विफल गरि !
बिपनिमै आइदेउन, यो मन् खुसी हुन्थेँ होला !!
कि? डराउँछौ मेरो सामु, आउँन तिमि मेरी सानु !
दुनियामा कुरा काट्ने, सवैको मुख् थुन्थें होला !!
सम्झाना नै मिठो भयो, कहाँ छौ त मेरी सानु !
तिम्लाई खु:शी पार्न सधैँ, वरि परि हुन्थेँ होला !!
No comments:
Post a Comment