म हकीकतको कुरा गर्छु, सपनामा भुल्छौ किन ?
माया यता लगाएर, अर्कै सङ्ग डुल्छौ किन ?
आफ्नो दिलमा बास दिए, यही भुल भयो मेरो
मलजल गर्छु माली भै, तर अन्तै फुल्छौ किन ?
या त यता माया गर, या त उता अर्कै सङ्ग
दुबै तीर मस्किएर, हास्दै-हास्दै घुल्छौ किन ?
पिरतिका मीठा मीठा, कुरा गर्न आऊ भन्दा
बचनको तीर बनाई, यो मुटुमा हुल्छौ किन ?
जवानानी खराब छ, आफ्नो ध्यान आफै राख
तिमी अचेल पराई सङ्ग, नडराई खुल्छौ किन ?
No comments:
Post a Comment